शनिबार, माघ २६, २०८१
English
Follow us:

सर्लाहीमा २ हजार १८७ नयाँ उद्योग दर्ता

सर्लाहीमा २ हजार १८७ नयाँ उद्योग दर्ता

  • खबर सेवा

  • शुक्रबार, साउन २७, २०७९

  • 11
    SHARES

काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार एक सय ८७ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये एक हजार पाँच सय ४१ कृषिजन्य उद्योग दर्ता भएका छन् ।

आव २०७८/७९ मा सेवामूलक चार सय १५, उत्पादनमूलक दुई सय ३१ र कृषिजन्य एक हजार पाँच सय ४१ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जीतेन्द्रकिशोर गुप्ताले जानकारी दिए । उनका अनुसार आव २०७७/७८ मा एक हजार नौ सय ४३ नयाँ उद्योग दर्ता भएका थिए ।

आव २०७७/७८ मा आव २०७८/७९ को जस्तै सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ एक हजार तीन सय २४ उद्योग दर्ता भएका थिए । सेवातर्फ चार सय ३० र उत्पादनतर्फ एक सय ८९ उद्योग दर्ता भएका कार्यालय प्रमुख गुप्ताले बताए । आव २०७८/७९ मा नयाँ र वाणिज्यतर्फ दर्ता भएका उद्योगबाट रु दुई करोड ९१ हजार राजस्व संकलन भएको छ । जिल्लामा आव २०७८/७९ मा पाँच हजार चार सय ३० पुरुष र ३६ हजार ५० महिलाले रोजगारी पाएका कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology