शनिबार, माघ २६, २०८१
English
Follow us:

एकैदिन ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

  • खबर सेवा

  • शुक्रबार, साउन २७, २०७९

  • 12
    SHARES

काठमाडौं ।  नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । बिहीबार तोलामा ५ सयले घटेको सुनको मूल्य शुक्रबार भने तोलामा ७ सय रुपैयाँले बढेको छ ।

आज तोलामा ७ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलाको ९७ हजार ३ सय रुपैयाँमा कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार छापावाल सुन तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन तोलाको ९६ हजार १ सय सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बिहीबार तोलाको १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology