ग्यापुको अफिलिएट प्रोग्राम : घरमै बसेर हरेक क्लिकमा पैसा कमाउने मौका
काठमाडौं । अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमाउने अवसर ल्याएको छ ।
ग्यापुको अफिलिएट प्रोग्राम अन्तर्गत ‘रिफर एण्ड अर्न’, ‘सेयर एण्ड अर्न’ र ‘अर्न पर क्लिक’ ल्याएको हो ।‘रिफर एण्ड अर्न’ का लागि प्रयोगकर्ताले सर्वप्रथम ग्यापुको एप डाउनलोड गरि लगइन गर्नुपर्ने हुन्छ ।
ग्यापुमा रहेको आफ्नो प्रोफाइल लिंकलाई साथीहरूसँग सेयर गरेर प्रयोगकर्ताले १० जि-क्यास (१० रुपैयाँ) प्राप्त गर्न सक्नेछन् । साथीले सो लिंक मार्फत इमेल वा फोन नम्बर सहित दर्ता (रजिस्टर) गरेको खण्डमा लिंक पाउनेले १० जि-क्यस र पठाउनेले पुन १० जि-क्यास गरि कुल २० जि-क्यास पाउने व्यवस्था रहेको ग्यापुका सिइओ ज्ञानेन्द्र खड्काले जानकारी दिए ।
यस्तै, ‘सेयर एण्ड अर्न’ बाट पैसा कमाउनका लागि प्रयोगकर्ताले ग्यापुमा रहेको कुनै पनि सामानलाई सेलेक्ट गरेर आफ्नो सामाजिक सञ्जालमा सेयर गर्नुपर्ने हुन्छ ।
सोही लिंकमा क्लिक गरि सामान खरिद गर्दा लिंक सेयर गर्नेले १० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म कमाउन सक्ने खड्का बताउँछन् ।‘अर्न पर क्लिक’ का लागि भने प्रयोगकर्ताले ग्यापुको कुनै पनि सामानको लिंक सेयर गर्दा उक्त लिंकको हरेक क्लिकमा (लिंक खोल्दा) सेयर गर्नेले ०.१० रुपैयाँ प्राप्त गर्ने छ ।
प्रतिदिन १०० पटकसम्म लिंक क्लि गर्न पाउने खड्काले जानकारी दिए ।प्रयोगकर्ताले प्राप्त गर्ने जि-क्यास इ-वालेटहरूमा ट्रन्सफर गरी रिडिम गर्न सक्नेछन् ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




