शनिबार, फाल्गुन ३, २०८१
English
Follow us:

लागुऔषधिसहित तीन पक्राउ

लागुऔषधिसहित तीन पक्राउ

  • खबर सेवा

  • आइतवार, साउन २९, २०७९

  • 9
    SHARES

काठमाडौं । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका-९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर-६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर–९ का १८ वर्षीय मनिषा घिमिरे रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

साथै उनीहरुको साथबाट तीन सय ८० मिलीग्राम अवैध ब्राउनसुगर बरामद गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology