प्रमुख खवर

राहुपारे-कुनौटो खण्डको सडक कालोपत्र

काठमाडौं । बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको राहुपारे-कुनौटो खण्डको सडक कालोपत्र भएको छ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ राहुपारेबाट वडा नं २ कुनौटो जोड्ने सडक कालोपत्र सकिएको हो ।

आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा-युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले करिब पाँच किलोमिटर दूरीको सडकमा डिबिएसडी प्रविधिको कालोपत्र भएको जानकारी दिए ।

“गत वर्ष पहिलो कोड बिछ्याएपछि वर्षात् हुँदा रोकिएको डिबिएसडी कालोपत्र गर्ने कामलाई यसपालि पूर्णता दिएका छौँ”, उनले भने, “सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर सबबेस बिछ्याउने र रोलरले पेलिएको खण्डमा कालोपत्र सकिएको हो ।”

राहुघाट-राहुपारे र कुनौटो-बेगखोला खण्डको बीचमा पर्ने करिब दुई किलोमिटर सडक आगामी हिउँदमा कालोपत्र गरिने दाहालले बताए ।

एघार मिटर फराकिलो बनाइएको सडकको सात मिटर चौडाइमा डिबिएसडी प्रविधिको कालोपत्र गरिएको हो । डिबिएडी प्रविधिमा दुई चरणमा बिटुमिन र चिप्स राखेर रोलरको पोल्नुपर्छ । कालोपत्र भएपछि करिब ४० मिनेटको यात्राअवधि १० मिनेटमा छोटिएको छ ।

शर्मा-युनाइटेडले नै ठेक्का लिएको पहिलो खण्डको बेगखोला-भुरुङ तातोपानी खण्डमा पनि अधिकांश ठाउँमा विस्तार, नाली र पर्खाल निर्माण सकेर आगामी हिउँदमा कालोपत्र गर्ने तयारी भएको छ । गजुरमुखी निर्माण कम्पनीले ठेक्का लिएको बेनी नगरपालिका-९ गलेश्वरको करिब एक किलोमिटर दूरीको सडकमा पहिलो चरणको कालोपत्र भएको छ ।

विसं २०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडक चारवटा खण्डमा स्तरोन्नति भइरहेको छ । तेस्रो प्याकेजमा पर्ने मुस्ताङको थासाङ गाउँपालिका-५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने १६ किलोमिटर सडकमा आक्सपाल्ट प्रविधिको कालोपत्र भएको ठेकेदार कम्पनी शर्मा-गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपाने ९राजन०ले जानकारी दिए ।

उनका अनुसार काभ्रे, बादरजुङ र घोप्टेभिर खण्डमा विस्फोटक पदार्थको प्रयोग गरेर सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।

करिब रु सात अर्ब ५५ करोडमा ठेक्का लागेको यस आयोजनाको हालसम्म रु पाँच अर्ब ८४ करोड खर्च भएको छ । एक सय १० किलोमिटर दूरीको जोमसोम-कोरला खण्डको सातमध्ये छवटा खण्ड ग्राभेल सकिएको आयोजना प्रमुख जगत प्रजापतिले बताए ।

उन्नाइसवटा सडक पुलमध्ये पाँच सम्पन्न भइसकेको छ । १४ पुल निर्माणधीन अवस्थामा रहेका छन् । विसं २०६४ मा नेपाली सेनाले ट्रयाक खालेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी-जोमसोम सडक यसअघि कच्ची अवस्थामा थियो । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ ।

सम्बन्धित समाचार

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...