प्रमुख खवर

‘टानलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्नुपर्छ’

काठमाडौं ।  ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान०लाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गरेर नेपालको प्रवद्र्धन गरिनुपर्नेमा व्यवसायीले जोड दिएका छन् ।

टानको यही साउन ३० गते हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी निलहरि बाँस्तोला समूहको परिययात्मक कार्यक्रममा बोल्ने वक्ताले अहिलेको सन्दर्भमा पर्वतीय पर्यटन व्यवसायलाई अब्बल बनाएर लैजाने सक्षम नेतृत्व आवश्यक भएको बताए ।

टान अध्यक्षका प्रत्यासी बाँस्तोलाले अग्रजले देखाएको बाटोलाई आत्मसाथ गर्दै टानलाई अन्तर्राष्ट्रिय ‘ब्राण्डिङ’ गर्न आफू प्रतिबद्धताका साथ लाग्ने बताए । उनले भने, “टानलाई व्यवसायीको हितमा समयसापेक्ष अघि बढाउन हामी प्रतिबद्धताका साथ दुई वर्ष काम गर्न चाहन्छौँ, टानलाई इन्टरनेश्नल ब्राण्डिङ गर्न सम्पूर्ण समय खर्चने छौँ, त्यसैले निर्वाचनमा आफ्नो समूहलाई बिजयी बनाउन अनुरोध गर्दछु ।”

पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पाले टानको साखलाई उचो बनाउन सक्षम र अब्बल नेतृत्व अपरिहार्य रहेको बताए । वरिष्ठ पर्यटन व्यवसायी बिक्रम पाँडेकाजीले टानमा युवा ‘भिजनरी’ समूहलाई नेतृत्वमा लैजान व्यवसायीले सचेत भएर मतदान गर्नुपर्ने बताए ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन पुनरुत्थानको कामलाई प्रभावकारी बनाउनुपर्छ भने । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा
)का अध्यक्ष रमेश थापाले सरकार तथा निजी क्षेत्रको साझेदारितामा पर्यटन प्रवद्र्धनका कामलाई गति दिन व्यावसायिक नेतृत्व जरुरी भएको उल्लेख गरे ।

टानका पूर्वअध्यक्ष दीपक महतले टानलाई व्यवसायीको साझा संस्थाका रूपमा स्थापित गर्न जरुरी रहेको बताउनुभयो । टानका पूर्वअध्यक्ष रमेश धमलाले पर्वतीय पर्यटन व्यवसायभित्रका समस्यालाई निराकरण गर्दै व्यवसायमैत्री बताउन जरुरी छ भने । पर्यटन व्यवसायी कुमार थापाले व्यवसायीको भावनाअनुरुपको नेतृत्व विकासका लागि टानलाई सक्रिय बनाइनुपर्ने धारणा राखे ।

यसैबीच अध्यक्षका प्रत्यासी कमल सापकोटा समूहले पनि उम्मेदवार परिचयात्मक कार्यक्रम गर्दै टानलाई सुदृढ र व्यवसायमैत्री बनाउन आफ्नो समूहलाई विजयी गराउन व्यवसायीमाझ अनुरोध गरेको छ । उनले पदयात्री सूचना व्यवस्थापन प्रणाली ९टिम्स०लाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डसँगको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्ने योजना रहेको बताए । उनले बोर्डलगायत तीनवटै तहका सरकारसँग सहकार्य गरेर पर्वतीय पर्यटनको विकासमा जुट्ने विश्वास व्यक्त गरे ।

यही साउन ३० गते हुने टानको नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा पर्यटन व्यवसायी निलहरि बाँस्तोला, कमल सापकोटा र बोधराज भण्डारीले प्यानलसहित उम्मेदवारी दिएका छन् । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । एक हजार आठ सय व्यवसायी आबद्ध टानमा निर्वाचनका लागि एक हजार दुई सय ५० मतदाता छन् ।

सम्बन्धित समाचार

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...