प्रमुख खवर

पर्वतारोहणका लागि नयाँ हिमाल खुलाउँछौँ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्वतारोहणका लागि हिमाल क्रमशः खुला गर्दै जाने बताएका छन् । नेपाल पर्वतारोहण संघको ३१औँ र ३२औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उनले आरोहणका लागि हाल खुला गरिएकाबाहेक थप हिमाल तथा चुलीहरु खुला गर्दै जाने सरकारको नीति रहेको बताएका हुन् ।

“अहिले आरोहणमा नरहेका पाँच हजार आठ सय मिटर उचाइदेखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहण अनुमति दिनका लागि मन्त्रालयले योजना अगाडि बढाएको छ, आरोहणका लागि कुन कुन हिमाल उपयुक्त हुनसक्छन् तिनको आरोहण अनुमति प्रक्रिया अगाडि बढाउँछौँ”, उनले भने।

मन्त्री श्रेष्ठले नेपालका हिमाल तथा चुलीहरु विदेशी पर्यटक आकर्षक गर्ने महत्वपूर्ण माध्यम भएकाले पर्वतारोहणको विकास तथा प्रवर्द्धनमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने पर्यटन विदेशी मुद्रा आर्जनका साथै रोजगार सिर्जना गर्ने माध्यम बनेको उनको भनाइ छ ।

उनले साहासिक पर्यटनको विकास गर्दै नेपाललाई विश्वको पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राखे। हाल नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित चार सय १४ हिमाल आरोहणका लागि खुला गरिएको छ। मन्त्री श्रेष्ठले कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सरकारले ७४ बुँदे योजना बनाएर त्यसको कार्यान्वयनका लागि अगाडि बढाएको बताए।

पर्यटन मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीलगायतले पर्यटन क्षेत्रलाई सुदृढ र गुणस्तरीय सेवा प्रवाहका लागि सरोकारवालाबीच सहकार्य र समन्वयको खाँचो रहेको बताएका थिए ।

संघका अध्यक्ष निमा नुर्बु शेर्पाले पर्वतीय पर्यटनको विकासका लागि संघले विगत चार दशकदेखि सक्रिय रहँदै आएको बताए। विसं २०३० कात्तिक १५ गते स्थापना भएको संघमा हाल देशभर दुई हजारभन्दा बढी पर्वतीय पर्यटन व्यवसायी आबद्ध छन् । सोही कार्यक्रममा पर्वतीय पर्यटनमा विशेष योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...