सोमवार, बैशाख १५, २०८२
English
Follow us:

रियलमीले ‘सुपर डान्सर नेपाल’ को टाईटल स्पोन्सर गर्ने

रियलमीले ‘सुपर डान्सर नेपाल’ को टाईटल स्पोन्सर गर्ने

  • खबर सेवा

  • आइतवार, साउन २९, २०७९

  • 48
    SHARES
रियलमीले ‘सुपर डान्सर नेपाल’ को टाईटल स्पोन्सर गर्ने

काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले डान्सिङ रियालिटी शो ‘सुपर डान्सर नेपाल’को टाईटल स्पोन्सर गर्ने भएकोे छ । यो भारतको सबैभन्दा लोकप्रिय र ठूलो रियालिटी शो ‘इन्डियाज सुपर डान्सर’ मा आधारित फ्रेन्चाइज रियालिटी शो हो ।
हस्ताक्षर समारोहमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले प्रतिष्ठित ग्लोबल डान्स फ्रेन्चाइजको एक हिस्सा ‘सुपर डान्सर नेपाल’ सँग साझेदारी गर्न पाउदा उत्साहित भएको बताए । नेपालका प्रतिभाशाली बालबालिकाहरूका लागि यस्तो उत्कृष्ट प्लाटफर्मको हिस्सा बन्न पाउँदा धेरै खुशी लागेको उनले बताए ।

उनले भने, ‘प्रतिष्ठित ग्लोबल डान्स फ्रेन्चाइजको एक हिस्सा ‘सुपर डान्सर नेपाल’ सँग साझेदारी गर्न पाउदा हामी उत्साहित भएका छौँ । बालबालिका भविष्यका प्रतिनिधि हुन,’ उनले भने, ‘नेपालका प्रतिभाशाली बालबालिकाहरूका लागि यस्तो उत्कृष्ट प्लाटफर्मको हिस्सा बन्न पाउँदा धेरै खुशी लागेको छ । हामी सुपर डान्सर नेपालका सबै प्रतियोगीलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ ।’

त्यस्तै, सुपर डान्सर नेपालका निर्देशक भुषण दाहालले रियलमीसँग साझेदारी गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै युवा र बालबालिकाहरु केन्द्रित ब्राण्ड रियलमीसँगको साझेदारीले पक्कै पनि शोमा उत्साह र स्फूर्ति थपिएको बताए ।

‘आगामी दिनहरूमा पनि यो साझेदारी अझै मजबुत रहिरहने र नेपालको युवा तथा बालबालिकाको क्षेत्रमा सहकार्यका साथ काम गर्ने आशा राखेका छौं,’ निर्देशक दाहालले भने, ‘भारतमा लोकप्रियता पाएको यस शोले नेपाली दर्शकहरूबाट पनि उत्तिकै माया पाउने आशा राखेका छौं । देश तथा देश बाहिर रहेका महत्वाकांक्षी र प्रतिभाशाली नर्तकहरूलाई प्लाटफर्म प्रदान गर्न हामीले शारीरिक अडिसनमा मात्र सिमित नभई डिजिटल अडिसनबाट पनि सहभागीहरू लिइरहेका छौं ।’

देशव्यापी रुपमा चल्ने ‘सुपर डान्सर नेपाल’ कान्तिपुर टेलिभिजनबाट साउन २६ देखि हरेक बिहीबार र शुक्रबार राती ९ बजे प्रसारण भई रहेको छ । सुपर डान्सर नेपालका लागि सुपर जजको रुपमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रमलाई कविता नेपाली र विल्सन विक्रम राईले सञ्चालन गर्नेछन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology