आइतवार, माघ २७, २०८१
English
Follow us:

२२ दिनदेखि वेपत्ता भएका मुक्तिनाथ ढकालको खोजिमा सहयोग गरिदिन परिवारको अपिल

२२ दिनदेखि वेपत्ता भएका मुक्तिनाथ ढकालको खोजिमा सहयोग गरिदिन परिवारको अपिल

  • खबर सेवा

  • बिहिबार, भदौ २, २०७९

  • 8
    SHARES

काठमाडौं । गोरखा जिल्लाको शहिद लखन गाउँपालिका बडा नं ३ बनौतीका ६० वर्षीय मुक्तिनाथ ढकाल २२ दिनदेखि वेपत्ता भएका छन्।

साउन ९ गतेदेखि तनहुँको आँबुखैरेनी बजारबाट ६० वर्षीय ढकाल हराएको परिवारले जानकारी दिएको छ ।पातलो शरीर, सेतो सर्ट, हाफ पाईन्ट, ढाका टोपी र चप्पल लगाएका ढकाल हराएकाले खोजीमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

हराएका ढकालको खोजीको लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा समेत परिवारले निवेदन दिएको छ।यस्तै हुलिया अनुसारको व्यक्तिलाई कसैले देखेमा ढकालका छोरा कपिल ढकालको फोन न ९८०४१०१८९९ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले अपिल गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology