दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की
काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताएका छन् ।
सुनसरीको बराहक्षेत्र ६ र ९ स्थित श्रीलङ्का टापुमा रहेको कोसी पीडितको अवस्था निरीक्षण गर्न आउनुभएका उनले सो कुरा बताएका हुन् ।
मन्त्री कार्कीले कोसी कटानबाट क्षति भएकोे क्षेत्रलाई सरकारले संकटग्रत क्षेत्र घोषणा गरेर स्थायीवासीको समस्या समधानका लागि योजना बनाउन लागिपरेको बताए । सप्तकोसी नदीबाट बर्सेनि स्थानीयवासीले विभिन्न किसिमको समस्या भोग्दै आएकाले त्यसलाई अव दीर्घकालिनरुपमा समधान गर्न सरकारले योजना बनाएर अघि बढने उनले जानकारी गराए ।
बर्सेनि वर्षाको समयमा सप्तकोसी नदीले वितण्डा मच्चाउनाका साथै कटानसमेत गर्ने गरेको र त्यसबाट सयौँको संख्याका स्थानीयवासी पीडित हुँदै आएकाले तत्कालीन र दीर्घकालिनरुपमा योजना बनाएर समधान गर्न वर्तमान सरकार लागिपरेको मन्त्री कार्कीले उल्लेख गरे ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




