आइतवार, असार ८, २०८२
English
Follow us:

पश्चिममा मौसम सुधार, पूर्वमा आंशिक बदली

पश्चिममा मौसम सुधार, पूर्वमा आंशिक बदली

  • खबर सेवा

  • बुधबार, अशोज २६, २०७९

  • 26
    SHARES

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पश्चिमी क्षेत्रको मौसममा सुधार हुँदै आएको छ भने पूर्वमा केही स्थानमा आंशिक बदली रहनेछ ।

हाल मधेस प्रदेशमा सामान्य बदली हुनुका साथै बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । उक्त प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिममा मौसम सुधार हुँदै गएको छ भने पूर्वमा केही स्थानमा आशिंक बदली हुने देखिएको छ ।

महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मधेस प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology