सोमवार, माघ २८, २०८१
English
Follow us:

प्रधान सेनापति र राष्ट्रसंघका सैनिक सल्लाहकार डोयपबीच भेट

प्रधान सेनापति र राष्ट्रसंघका सैनिक सल्लाहकार डोयपबीच भेट

  • खबर सेवा

  • आइतवार, कार्तिक ६, २०७९

  • 11
    SHARES
प्रधान सेनापति र राष्ट्रसंघका सैनिक सल्लाहकार डोयपबीच भेट

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरुबीच भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानबारे छलफल भयो । उनीहरुबीच आगामी दिनमा नेपाली शान्ति सैनिकको आवश्यकता र सहभागिताबारे समेत विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा जनरल डोयपले नेपाली शान्ति सैनिकले विभिन्न शान्ति मिसनमा रही पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि सोको निरन्तरता हुने विश्वास व्यक्त गरे ।

प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसंघबाट हालसम्म प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सेना अझ पेसेवर रुपमा प्रभावकारी ढङ्गबाट शान्ति मिसनहरुमा खटिने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रसङ्घ स्थापना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको दुईदिने विशेष कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् । राष्ट्रसंघका उच्चस्तरीय प्रतिनिधिको भ्रमण र भेटले नेपाली शान्ति सैनिकले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको अन्तर्राष्ट्रियजगत्बाट उच्च मूल्यांकन हुने सेनाले विश्वास लिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology