सोमवार, माघ २८, २०८१
English
Follow us:

मधेश प्रदेशमा सोमबार पनि सार्वजनिक बिदा

मधेश प्रदेशमा सोमबार पनि सार्वजनिक बिदा

  • खबर सेवा

  • आइतवार, कार्तिक १३, २०७९

  • 13
    SHARES

काठमाडौं । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिएको छ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार पारणको दिन पनि सार्वजनिक बिदा रहेको जानकारी समेत दिएका छन्।

जनकपुरधामसहित देशभर आज छठ पर्वको मुख्य दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइँदै छ। भोलि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology