सोमवार, बैशाख १५, २०८२
English
Follow us:

आजको सेयर बजार : नेप्से परिसूचक दोहोरो अंकले घट्यो

आजको सेयर बजार : नेप्से परिसूचक दोहोरो अंकले घट्यो

  • खबर सेवा

  • बुधबार, मंसिर २१, २०७९

  • 58
    SHARES

काठमाडौं । धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ दशमलव ६१ अंकले घटेर एक हजार नौ सय १७ दशमलव २८ कायम भएको छ ।

आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता सेयर रु एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार भएको छ । आजको कारोबारमा ३७ कम्पनीका शेयर मूल्य बढेका छन् भने एक सय ५९ कम्पनीका शेयर मूल्य घटेका छन् ।

आज भएको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक मात्रै बढेको छ भने अन्य सबै समूहका उपसूचक घटेका छन् । होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ३४ अंकले बढेको छ भने बैंकिङ समूह १७ दशमलव ४२, विकास बैंक समूह ३० दशमलव ८०, वित्त समूह १९ दशमलव ९९,जलविद्युत् समूह १२ दशमलव ३४ अंकले घटेको छ ।

त्यस्तै व्यापार समूह शून्य दशमलव १७, जीवन बीमा समूह ८३ दशमलव ६४, उत्पादन समूहको उपसूचक ५५ दशमलव ४९, लघुवित्त समूह नौ दशमलव ८७, म्युचुअल फन्ड शून्य दशमलव ०३, निर्जीवन बीमा समूहको उपसूचक ३६ दशमलव ६०, अन्य समूह १० दशमलव ०६ तथा लगानी समूह १८ दशमलव २७ अंकले घटेको छ ।

आजको बजारमा सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता छ दशमलव ०९ प्रतिशतले बढेको छ भने नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंकको संस्थापक सेयर रु ६७ करोड दुई लाख ९३ हजार बराबरको ५१ लाख कित्ता सेयर किनबेच भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology