शुक्रबार, असार २७, २०८२
English
Follow us:

रैथानेबाली कोदो र फापरको न्यूनतम मूल्य तोकियो

रैथानेबाली कोदो र फापरको न्यूनतम मूल्य तोकियो

  • खबर सेवा

  • मङ्लबार, माघ ३, २०७९

  • 24
    SHARES
रैथानेबाली कोदो र फापरको न्यूनतम मूल्य तोकियो

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेकोे छ ।

गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ४५ र फापरको प्रतिकेजी रु ८० निर्धारण गरेको हो । गाउँपालिकाले रैथानेबालीको संरक्षण र प्रवद्र्धनमा लागेकाले किसानहरुले पनि रैथानेबालीको उत्पादनमा जोड दिएको जनाएको छ ।

गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा दिवा खाजाका रुपमा हप्ताको एक दिन स्थानीयस्तरका उत्पादन हुने रैथानेबालीको परिकार खुवाउने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार पुडासैनीले बताए । उनका अनुसार प्रत्येक हप्ता बिहीबारको खाजामा उक्त परिकार समावेश गरिने छ ।

गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले स्थानीयस्तरमा उत्पादन हुने त्यस्ता खाद्यान्नको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न योजनामा काम भइरहेको बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology