आइतवार, चैत्र २, २०८१
English
Follow us:

रुपन्देही जल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड”

रुपन्देही जल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड”

  • खबर सेवा

  • बिहिबार, माघ ५, २०७९

  • 31
    SHARES

काठमाडौं । रुपन्देही जिल्ला प्रशासन कार्यालयले आजदेखि आफ्ना चार वटा सेवामा ‘टाईम कार्ड’ लागू गरेको छ । सेवालाई सहज ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्याैल हटाउन उक्त कार्ड लागू गरिएको हो ।

सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई-पासपोर्टमा उक्त कार्ड लागू गरिएको छ ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने तयारी गरिएको उनले बताए ।  “यसअघि पनि बडापत्रमा लेखिएअनुसार सोही दिन नै सेवा दिइरहेका थियौंँ, तर यसले कति घण्टा प्रतिक्षा गर्नुपर्ने भन्ने सेवाग्राहीमा अन्याैल थियो ।” सूचना अधिकारी अर्यालले भने “टाईम कार्ड लागू भएपछि सेवाग्राहीले एउटा निश्चित समय पाउँछ र सो समयसम्म उसले अन्य काम पनि भ्याउन सक्छ ।”

उनका अनुसार कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय सहितको एउटा टोकन वितरण गरिन्छ । टोकनमा सेवाग्राहीले सेवा पाउने समय र कोठा नम्बर उल्लेख हुन्छ । नयाँ नागरिकताको हकमा प्रमाण पुर्‍याएर १२ बजेभित्र पेस गर्ने निवेदकलाई १ बजे भित्र र दिउँसो १२ बजेदेखि ३ बजेसम्म पेस गर्ने निवेदकलाई ४ बजेभित्र नागरिकता प्रदान गरिन्छ ।

नागरिकताको प्रतिलिपिको हकमा प्रमाण पुर्‍याएर पेस भएका निवेदकलाई अभिलेख भिडेको एक घण्टाभित्र प्रतिलिपि दिइने छ । यस्तै अनलाइन फारम भरेर राष्ट्रिय परिचयपत्रका लागि आएका निवेदकले पनि एक घण्टाभित्रै सेवा पाउने सूचना अधिकारी अर्यालको भनाइ थियोे । ई-पासपोर्टको लागि आउने सेवाग्राहीले प्रि-ईनरोलमेन्टको फारम भरेर आए तोकिएकै दिन र समयमै ईनरोलमेन्ट हुने र केन्द्रबाट प्राप्त भएका ई-पासपोर्ट टोकन प्रणालीअनुसार सोही दिन समय तोकेर वितरण हुनेछ ।

जिल्लाको सुशासन अभिवृद्धि, विकास र समृद्धिका कार्यालय लागि परेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।  “यसका लागि प्रमाण पुर्‍याई सेवा लिन पेस भएका निवेदनमा सेवा सोही दिनमै सेवा दिने गरिएको छ ।” उनले भने, “यसलाई अझै सहज बनाउन आजदेखि टाईमकार्ड लागू गरेका हाैँ, यसले सेवाग्राहीमा समयको सुनिश्चतताको साथै सेवा प्रतिको विश्वसनियता बढ्ने अपेक्षा राखेका छौँ ।”

प्रजिअ पाण्डेले सेवाग्राहीका लागि टाईमकार्ड लागू गरे पनि गर्भवती महिला, अपाङ्ता भएका व्यक्ति र जेष्ठ नागरिकलाई भने टाईम कार्ड नचाहिने बताए । उनले यस्ता सेवाग्राहीको हकमा सोझै फाँटमा तोकिएको कर्मचारीलाई भेटेर सेवा लिन सकिने स्पष्ट पार्नुभयो । उक्त कार्यालयमा दैनिक एक सय बढी नयाँ नागरिकता, ८०भन्दा बढी प्रतिलिपि, दुई सय जना भन्दाबढीको राष्ट्रिय परिचय पत्र बन्ने गरेको र दुई सय ५० भन्दाबढी ई-पासपोर्ट बन्ने गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology