सोमवार, माघ २८, २०८१
English
Follow us:

त्रिभुवन पौडेलको परिवारलाई भेट्न पोखरा आईपुगे कृष्ण बहादुर महारा

त्रिभुवन पौडेलको परिवारलाई भेट्न पोखरा आईपुगे कृष्ण बहादुर महारा

  • खबर सेवा

  • मङ्लबार, माघ १०, २०७९

  • 18
    SHARES
त्रिभुवन पौडेलको परिवारलाई भेट्न पोखरा आईपुगे कृष्ण बहादुर महारा

काठमाडाैं । यती एयरको जहाज दुर्घटना भएको आज ९ औ दिनको दिनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता कृष्ण बहादुर महरा पोखरा आएका छन् ।  स्वर्गीय पत्रकार त्रिभुवन पौडेलका परिवारजनमा भेटघाट गर्दै उनले आज  समबेदना व्यक्त गरेका छन् ।

पोखरा आउने बित्तिकै उनले घटना स्थलको अवलोकन गरेका छन् ।  महाराको विस्वासिलो पात्रको रुपमा चिनिदै आएका स्वर्गीय पत्रकार त्रिभुवन पौडेलको परिवार संग भेट्दै उनले ” त्रिभुवन आफ्नो लागि छोरा समान रहेको र उनका परिवार आफ्नै परिवार जस्तै आत्मीय’ रहेको बताएका हुन् ।

महरा उपप्रधान तथा अर्थमन्त्रीको रुपमा रहदा पौडेलले प्रेस संयोजकको भूमिका समालेका थिए । त्यती बेला पनि उनले महरालाई अतुलनिय सहयोग गरेको र कुशलता पुर्वक कार्य गरेको हुनाले नै उनी आफुसंग निकट भएको महराले स्मरण गरेका छन् ।

उनी भन्छन ” सानो उमेरमा नै केहि गर्छु भनेर आट गरेर छोटो समयमा नै सफलता हासिल गर्दै आएका पत्रकारको दुख निधनको घटनाले स्तब्ध बनाएको छ ‘। नहुनु पर्ने घटना भैहाल्यो अब हामी केन्द्रिय स्तरमा बैठक राखेर उनको परिवार लगाएत जहाज दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई आफुहरुले गर्न सक्ने सहयोग गर्न पार्टी सधै तयार रहेको पनि जानकारी दिएका छन् ।

स्वर्गीय पौडेल कास्कीको लागि मात्र नभई नेपालकै लागि एउटा गहना थिए र उनको दुखद निधनले सिंगो रास्ट्र र पार्टीलाई नै अतुलनिय क्षति भएको हुदा उनको सम्झनामा केहि राम्रा कार्यको थालनी गर्नु पर्ने र उनको सम्झनामा पार्टीले  केहि निर्णय गर्ने पनि बताएका छन् । ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology