काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले प्रहरी नायव उपरीक्षकहरु (डीएसपी)लाई सरुवा गरेको छ ।
मानवश्रोत विकाश विभागकाे माघ १९ गतेको निर्णय अनुसार १६६ जना नायव उपरीक्षकहरु सरुवा भएका हुन् । सरुवा भएका नायव उपरीक्षकहरुले यही २०७९ माघ महिना देखि तलव भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको विभागले सूचनामा जानकारी दिएको छ ।
साथै अभिलेखमा आवश्यक व्यहाेरा जनाई दिन समेत विभागले अनुरोध गरको छ ।