शनिबार, फाल्गुन ३, २०८१
English
Follow us:

सर्वोच्च अदालतले दियाे सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन आदेश

सर्वोच्च अदालतले दियाे सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन आदेश

  • खबर सेवा

  • शुक्रबार, माघ २०, २०७९

  • 30
    SHARES

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दामा कागजात झिकाउन आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश हरि फुयाँलको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो ।निवेदनअनुसार आदेश जारी भए सन्दीप मुद्दाको टुंगो नलागेसम्म थुनामै बस्नुपर्ने हुन्छ ।

एक किशोरीलाई जवरजस्ती गरेको आरोपमा जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो र उनी रिया भएका थिए । उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग राखेको छ ।लामिछानेलाई क्रिकेट संघले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology