बिहिबार, जेष्ठ २, २०८२
English
Follow us:

सर्वोच्चद्वारा देउवालाई विपक्षी दलको नेता तोक्नुको कारण माग

सर्वोच्चद्वारा देउवालाई विपक्षी दलको नेता तोक्नुको कारण माग

  • खबर सेवा

  • बुधबार, माघ २५, २०७९

  • 42
    SHARES

काठमाडौं । नेपाल  काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले विपक्षी दलको नेता तोक्नुको कारण मागेको छ ।

सो रिटमा बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले रिट निवेदनमा विपक्षी बनाइएका सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय, काँग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषद्लाई लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

देउवालाई विपक्षी दलको मान्यता दिने संघीय संसद सचिवालयको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।अधिवक्ता पोखरेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्षी हुन नसक्ने दाबी गरेका थिए ।

सोही रिटको सुनवाइ पछि बुधबार संघीय संसद सचिवालयसँग काँग्रेसदेउवालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग गरेको हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology