सोमवार, माघ २८, २०८१
English
Follow us:

नेपाल सरकारले टर्कीका भूकम्पपिडितलाई सहयोग पठाउने

नेपाल सरकारले टर्कीका भूकम्पपिडितलाई सहयोग पठाउने

  • खबर सेवा

  • बुधबार, माघ २५, २०७९

  • 35
    SHARES

काठमाडौं। टर्कीका भूकम्पपिडितलाई राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ।

आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सक्दो सहयोग गर्ने निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो नेपाल अप्ठ्यारोमा पर्दा टर्की सरकारले सहयोग गरेको बताए । उनले बैठकमा बोल्दै टर्की सरकारको दुःखमा नेपालले पनि सहयोग गर्नुपर्ने बताउँदै छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गर्नुपर्ने बताए।

त्यस्तै बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology