आइतवार, चैत्र २, २०८१
English
Follow us:

सीता एयरले टरिगाउँ विमानस्थलबाट फागुन ३ गतेदेखि उडान भर्ने

सीता एयरले टरिगाउँ विमानस्थलबाट फागुन ३ गतेदेखि उडान भर्ने

  • खबर सेवा

  • बिहिबार, माघ २६, २०७९

  • 33
    SHARES

काठमाडौं ।  सीता एयरले दाङको टरिगाउँ विमानस्थलबाट आगामी फागुन ३ गतेदेखि नियमित हवाई उडान भर्ने भएको छ ।

यही २५ माघबाट नियमित उडान गर्ने जानकारी गराएको सिता एयरले फागुन ३ गतेदेखि सेवा दिने गरी एक हप्ता समय सारेको हो ।

तयारी पूरा नभएकाले त्यहाँबाट उडान भर्ने कार्यलाई केही दिन पर सारिएको सीता एयरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

सीता एयरले टरिगाउँ विमानस्थलबाट हप्ताको एक दिन उडान भर्नेछ ।तुलसीपुर १२ टरिगाउँमा रहेको विमानस्थलबाट फागुन महिनादेखि नियमित उडान भर्ने महाप्रबन्धक सिंहले जानकारी दिए । नेपाल वायु सेवा निगमले हप्तामा चार दिन उडान भर्दै आएको छ ।सीताले सो विमानस्थलबाट सफल परीक्षण उडान गरिसकेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology