रिभरफनमा उप-प्रधानमन्त्री नारायण काजिले गरे जिपलाइन
काठमाडौं । उप-प्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले त्रीशुली नदि माथी रहेको ‘रिभर फन जिपलाइन’ मा जिपलाइन गरेका छन् ।
१२ बर्ष देखि रिसोर्ट ब्यवसायमा लोकप्रिय कम्पनी रिभर फन बिच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको रिसोर्टसम्म पुग्ने गरी निर्माण गरको जिपलाइनमा आज श्रेष्ठले जिपलाइन गरेका हुन् ।
खेल्नु अगाडि डर लागेजस्तो भए पनि जिपलाइन उडान रोमान्चक भएको श्रेष्ठले प्रतिक्रिया दिए । पछिल्लो समय एड्भेन्चर गतिविधिले आन्तरिक पर्यटन प्रवर्द्धनमा निकै सघाएको श्रेष्ठले बताए ।
५ सय ५८ मिटर लामो जिपलाइनको अधिकांश भाग त्रिशुली नदि माथी पर्ने कारण झनै सहासिक र रोमान्चक रहेको रिभर फन बिच रिसोर्ट प्रालिका प्रवन्ध निर्देशक शंकर अधिकारीले बताए ।
नदी माथीको रोमान्चक उडान हुने भएकाले जिपलाइन नेपालकै नमूना भएको अधिकारी बताउँछन् । रिभर फनमा जिपलाइन खेल्न प्रती ब्यक्ती १ हजार र फोटो भिडियोको थप तिन सय लाग्ने बताइएको छ ।
१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरु हुने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए । रिसोर्टमा ९५ मिटर स्काइ रोप साइक्लिङ समेत रहेको छ ।
मिनि जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ । जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ‘रिभर फन क्याफे’ रहेको छ ।
जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ७ करोड खर्च हुने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




