सोमवार, पुस २९, २०८१
English
Follow us:

पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर परीक्षा प्रणालीको बिधिमार्फत स्नातकोत्तर तहको प्रवेश परीक्षा

पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर परीक्षा प्रणालीको बिधिमार्फत स्नातकोत्तर तहको प्रवेश परीक्षा

  • खबर सेवा

  • बुधबार, फाल्गुन २४, २०७९

  • 45
    SHARES

पोखरा । पोखराको लामाचौरस्थित पश्चिमान्चल क्याम्पस इञ्जिनियरिङ अध्ययन सस्थानमा काठमाडौं बाहिर पहिलो पटक शैक्षिक वर्ष २०७९/८० लागि सूचना प्रविधिको आधारमा कम्प्युटर परीक्षा प्रणालीको बिधिमार्फत स्नातकोत्तर तह जिओम्यटिक्स विषयको प्रवेश परीक्षा भएको छ ।

यो पटक जिओम्यटिक्स विषयमा स्नातकोत्तर तह अध्ययन गर्न चाहने विद्यार्थीका लागि उक्त परीक्षा केन्द्रमा व्यवस्था मिलाइएको जानकारी क्याम्पसका क्याम्पस प्रमुख ई. निर्मल प्रसाद बरालले जानकारी गराए । आगामी दिनमा स्नातक तथा स्नातकोत्तर तहका अन्य विषयहरू अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि पनि पश्चिमान्चल क्याम्पसमा प्रवेश परीक्षा दिन मिल्ने व्यवस्था गराउने गरी अवश्यक प्राविधिक तयारी पनि पूर्ण भएको बरालले जानकारी दिए ।

ई. अ. सं अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा अध्ययन गर्न चाहने विद्यार्थीले प्रवेश परीक्षा दिन यस अगाडि काठमाडौं नै धाउन पर्ने बाध्यता हटेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology