काठमाडौं। महिला महिला लिगमा नेपाल एपीएफ क्लबले बागमती युथ क्लबलाई फराकिलो गोल अन्तरले जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फाको मैदानमा शनिबार एपीएफले बागमती युथ क्लबलाई ५-१ ले हराएको हो।
पहिलो चरणको लिगमा शीर्ष स्थानमा रहँदै अन्तिम चरणका लागि छनोट भएको एपीएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङले ह्याट्रिक पूरा गरिन्।
एपीएफकी सविता राना मगर र कप्तान अनिता केसीले समान १ गोल गरे। बागमतीका लागि पुष्पा कुमारी खड्काले १ सान्त्वना गोल गरिन्। पहिलो चरणको लिगमा पनि एपीएफले बागमतीलाई पराजित गरेको थियो।
अन्तिम चरणमा बागमतीको भने यो लगातार दोस्रो हार हो। बागमती पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएको थियो।