सोमवार, पुस २९, २०८१
English
Follow us:

इंग्लिस प्रिमियर लिग

सिटी लयमा फर्किदा आर्सनल र चेल्सी रोकिए

सिटी लयमा फर्किदा आर्सनल र चेल्सी रोकिए

  • खबर सेवा

  • आइतवार, पुस २१, २०८१

  • 9
    SHARES
सिटी लयमा फर्किदा आर्सनल र चेल्सी रोकिए
म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ हालान्ड। युनाइटेडविरुद्ध गोल गरेपछि सेलेब्रेसन गर्दै तस्बिर : म्यान्चेस्टर सिटीको पेजबाट

काठमाडौँ। इंग्लिस प्रिमियर लिगमा साविक म्यानचेस्टर सिटीले लय फर्काएको छ। शनिबार राति भएको खेलमा सिटीले वेस्टह्याम युनाइटेडमाथि ४-१ को जित निकाल्दा लिभरपुललाई टक्कर दिने सुरमा रहेको चेल्सी र आर्सनलले भने आ–आफ्नो खेलमा बराबरी खेल्दै अंक बाँडे।

चेल्सी क्रिस्टल प्यालेस तथा आर्सनल ब्राइटनसँग समान १–१ गोलको बराबरीमा रोकिए। त्यस्ते ब्रेन्टफर्टले साउथहेम्टनमाथि ५–० को प्रभावसाली जित निकाल्दा टोटेनह्याम भने २–१ ले स्तब्ध भयो।

त्यस्तै अन्य खेलमा बोर्नेमाउथले एभर्टनलाई १–० ले हराउँदा एस्टन भिल्लाले लेस्टरलाई २–१ ले हरायो। जितपछि सिटी २० खेलबाट ३४ अंकका साथ छैटौं स्थानमा कायम छ। यद्यपि उसले दोस्रो स्थानको ६ अंकमा अग्रता छोट्याएको छ। २ खेल कम खेलेको लिभरपुलको भने ४५ अंक रहेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology