सोमवार, पुस २९, २०८१
English
Follow us:

‘कार्साङ’ले उपत्यकामा पायो २५ सो, पुस २६ मा रिलिज हुने

‘कार्साङ’ले उपत्यकामा पायो २५ सो, पुस २६ मा रिलिज हुने

  • खबर सेवा

  • बुधबार, पुस २४, २०८१

  • 7
    SHARES
‘कार्साङ’ले उपत्यकामा पायो २५ सो, पुस २६ मा रिलिज हुने

काठमाडौँ। फिल्म ‘कार्साङ’ले उपत्यकामा २५ सो पाएको छ। यही पुस २६ मा रिलिज हुने यो फिल्मले काठमाडौँ बाहिरका स्टेसनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले समान २८ सो उपलब्ध गराएको हो।

केही दिनअघि नै कार्साङले बुकिङ खुलाएको थियो। क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन्। २ घन्टा ५ मिनेटको ‘कार्साङ’ ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ। यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्।

सहनिर्माता गोविन्द बोहरा हुन् भने आङछिरिङ शेर्पा प्रस्तुतकर्ता हुन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology