सोमवार, पुस २९, २०८१
English
Follow us:

थाम्नै नसकिने गरी बढ्यो डलरको भाउ, कति छ अस्ट्रेलियन डलर?

थाम्नै नसकिने गरी बढ्यो डलरको भाउ, कति छ अस्ट्रेलियन डलर?

  • खबर सेवा

  • बिहिबार, पुस २५, २०८१

  • 8
    SHARES
थाम्नै नसकिने गरी बढ्यो डलरको भाउ, कति छ अस्ट्रेलियन डलर?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। दुई दिनअघि कायम भएको उच्च मूल्यको रेकर्डलाई माथ गर्दै आज अमेरिकी डलर थप महँगो भएको हो।

अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य भने आज घटेको छ। तर, बहराइन र कुवेती दिनारसहितका केही मुद्रा भने महँगिएका छन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा छ। अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च मूल्य हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा थियो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया १८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ८० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ४५ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०८ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ३५ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३६ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ०७ र बिक्रीदर ८५ रुपैयाँ ४४ पैसा छ। अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९१ र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा छ थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ २८ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ८८ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ १५ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ६२ पैसा थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology