काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल) २०२५ को ड्राफ्ट (पहिलो सूची)मा नेपालका ६ खेलाडी परेका छन्। पाकिस्तान सुपर लिगले बुधबार जारी गरेको सिल्भर समूहको सूचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन्।
ड्राफ्टमा परेका नेपाली खेलाडीमा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी छन्।पीएसएलको खेलाडी ड्राफ्टबाट छनोट गरिने छ । पिएसएलका अनुसार खेलाडी ड्राफ्ट १३ जनावरीमा पाकिस्तानको लाहोरमा हुनेछ ।
दसौँ संस्करणको पिएसएल १० अप्रिलमा सुरु हुनेछ। लिगमा अघिल्ला संस्करणमा जस्तै यस पटक पनि ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ।