
आज आइतबार, २८ पुस २०८१ ९१२ जनवरी २०२५०
मेष : सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। मान प्रतिष्ठामा वृद्धि होला।
वृष : झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला। खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ। यात्रामा मालसामान हराउन सक्छ।
मिथुन : शुभकार्यको चर्चा चल्नेछ। टाढाका नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ। स्वादिष्ट भोजन पाइनेछ। धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ।
कर्कट : पारिवारिक भेटघाटमा रमाइनेछ। मान प्रतिष्ठामा वृद्धि होला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कलासाहित्य तथा संगीतमा रुचि बढ्नेछ। सुखद् यात्राका अवसर प्राप्त हुनेछन्। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ।
सिंह : दिन रमाइलो र अविष्मरणीय यात्राको सम्भावना छ। मनमा हर्ष, उमंग र उत्साह छाउनेछ। मानको डर हराएर जानेछ। रमणीय र सुखद् यात्राको योग छ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
कन्या : दिन महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। यात्रामा बाधा आउनसक्छ। स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ सचेत रहनुहोला तर मान्यजनको आशीर्वादले काम गर्नेछ।
तुला : दिन हाँसखेल समय हो। घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला।
वृश्चिक : रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुनसक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू बिस्तारै अघि बढ्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ।
धनु : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। धार्मिक र सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ।
मकर : मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुनसक्छ। अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। साँझमा आफन्तको साथ र सहयोग मिल्नेछ।
कुम्भ : कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ। चिताएको कामले तीव्रता लिनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। अतिथिको रूपमा सत्कार पाइएला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम्पत्य र प्रेम जीवन सुखमय नै हुनेछ।
मीन : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। हर्ष र प्रसन्नताबीच समय व्यतीत हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ।