सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

आजको मौसम : हिमपात, हुस्सु र वर्षाको सम्भावना

आजको मौसम : हिमपात, हुस्सु र वर्षाको सम्भावना

  • खबर सेवा

  • आइतवार, पुस २८, २०८१

  • 42
    SHARES
आजको मौसम : हिमपात, हुस्सु र वर्षाको सम्भावना

काठमाडौं। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ। तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology