
काठमाडौं। लामो समयदेखि शैक्षिक र सामाजिक क्षेत्रमा काम गर्दै आएका लायन्स अन्तर्राष्ट्रिय फाउन्डेसन (एलसिआईएफ)का लिडर एवं मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका पूर्वकाउन्सिल चियरपर्सन राजन लम्सालले लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर (आईडी) पदमा (इन्डोर्सी) उम्मेदवारी दिएका छन्।
आउँदो फागुन २४ मा हुने लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो महाधिवेशनबाट पदमा निर्वाचित हुनेगरी लम्सालले सोही पदमा उम्मेदवारी दिएका छन्। लम्सालले डिष्ट्रिक्ट ३२५ आई नेपालका तेस्रो महाधिवेशन नोमिनेसन कमिटी चेयरपर्सन पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेललाई शुक्रवार पोखरामा आयोजित एक कार्यक्रमका बीच उम्मेदवारी फाइल हस्तान्तरण गरेका छन्।
उनले डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो महाधिवेशनबाट इन्डोर्सी लिई सकेपछि मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको आगामी बर्षको जेठ महिनामा हुने मल्टिपल कन्भेन्सनमा इन्टरनेशनल डाइरेक्टरमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने छन्। मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालबाट अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा इन्डोर्सी भएमा सन् २०२६ को लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनबाट दुई वर्षका लागि चुनिने छन्।
को हुन् त राजन लम्साल?
२०२६ सालमा स्याङ्जा जिल्लाको ज्याग्दी खोलामा राजन लम्सालको जन्म भएको हो । पिता पदमराज लम्साल र माता पुष्पा लम्सालका तीन सन्तान मध्ये उनी जेष्ठ पुत्ररत्न हुन् । स्याङ्जा जिल्लाको थातथलोबाट हाल उनी काठमाडौं महानगरपालिका वडा नं २६, सामाखुशी टाउन प्लानिङमा बसोबास गर्छन् । आफ्नो कर्मलाई मानव सेवामा समर्पित गर्ने लम्साल आफ्ना बुवाआमा र हजुरबुवा हजुरआमालाई आदर्श व्यक्तित्वमा रुपमा लिने गर्दछन् ।
बाल्यकालदेखि नै सकारात्मक सोंचको विकास गर्नमा घर परिवारको महत्वपूर्ण भूमिका रहेको बताउने लम्साल नेपाली लायनवादको इतिहासमा विशिष्ट पहिचान निर्माण गर्दै लायन्स अन्तर्राष्ट्रिय नेतृत्वकर्ताका रुपमा आफूलाई सतिशाल झैं क्रियाशील गराउँदै आएका छन् । उनको काम गर्ने सकारात्मक शैली र प्रवृत्तिले हरेक नेपाली लायनवादीहरुको मन र मुटुमा बस्न सफल व्यक्तिकाका रुपमा दर्ज गराएका छन्।
गाउँकै जनप्रिय माविबाट प्रारम्भिक शिक्षा आरम्भ गरेका लम्सालले उक्त विद्यालयमा ७ कक्षासम्म पढे । आठ कक्षा पढ्न उनी बुटवलस्थित बुटवल मावि पुगे। निर्माण व्यवसायमा आवद्व बुवाले बुटवलमा बसाइँ सराईगरेपछि उनी उतै रमाए । र, त्यहीबाट २०४३ सलामा प्रवेशिका परीक्षा पास गरे । उच्च शिक्षाका लागि उनी काठमाडौं हानिए । पिपुल्स क्याम्पसबाट व्यवस्थापन संकायमा प्रविणता तह उत्तीर्ण गरे पछि शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक गरे ।
यो बीचमा उनको परिवार बुटवलबाट नवलपरासीको चोरमारा (हालको मध्यबिन्दु नगरपालिका) मा स्थायी रुपमा बसाइँ सर्यो ।स्नातक तहको अध्ययन पश्चात् आर्थिक उपार्जनतर्फ उनको झुकाउव बढ्न थाल्यो ।
आत्मनिर्भर बन्नुपर्छ भन्ने भावनाबाट प्रभावित लम्सालले चितवनमा रहेको आइल्याण्ड जंगल रिसोर्टको काठमाडौं स्थित मुख्य कार्यालयमा लेखापालको रुपमा जागिर शुरु गरे । त्यहाँ करिब १०-१२ वर्षसम्म रही फाइनान्स र एडमिनहेडसम्मको अनुभव प्राप्त गरेपछि व्यवसायतर्फ उनको ध्यान मोडियो ।
साथीसंगीसँग व्यवसायिक साझेदारी गरी उनले ट्राभल एजेन्सी, होटेल व्यवसाय र म्यानपावर कम्पनी सञ्चालन गर्न थाले । कलेज, कन्सल्टेन्सी, विभिन्न बैंक तथा जलविद्युत कम्पनीहरुको प्रोमोटर, यातायातका साधनहरूको आयातकर्ता साथै अन्य थुप्रै निजि क्षेत्रको कम्पनीहरुमा सहभागी हुँदै हाल उनी शेयर ब्रोकर व्यवसायमा जमेका छन् । सामाजिक कर्म गर्नलाई सहयोगी हातहरु नामक संस्थाको खडा नै गरे । उनी त्यस संस्थाको संस्थापक अध्यक्ष हुन् ।
लम्सालको लायन्स यात्रा
राजन लम्साल सन् १९९७ मा लायन्स क्लबमा आबद्ध भएका हुन् । उनले सदस्यता लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीको हो । २७ वर्षको उमेरदेखि नै सामाजिक सेवाभावका कामहरूमा जोडिएका लम्सालले सन् २०१०/११ मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी को डिष्ट्रिक्ट गभर्नर, सन् २०११/१२ मा मल्टिपल काउन्सिल चेयर पर्सन, सन् २०१२-१४ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को एसएफएमडी चेयरपर्सन, सन् २०१४– १७, २०१७–१९ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएलटी को–अर्डिनेटर, सन् २०१७– १९ स्पेसियालीटी क्लब कन्ट्री को–अर्डिनेटर, सन् २०१९– २२ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएमटी को–अर्डिनेटर हुँदै लायनवर्ष २०२२/२३, २०२३/२४ र २०२४/२५ मा एलसीआईएफ एरिया लिडरको रुपमा निरन्तरता क्रियाशील भई नेतृत्व गरेका छन् ।
डिष्ट्रिक्ट गभर्नर भए पश्चात् मल्टिपल डिष्ट्रिक्ट तथा लायन्स क्लब अन्तर्राष्ट्रियले प्रदान गरेको विभिन्न भूमिका कुशलतापूर्वक बहन गरिसकेका लम्सालले थुप्रै आर एल एल आई को–अर्डिनेटर साथै लायन्स अन्तर्राष्ट्रियले नेपालमा गर्ने एफडीआई र एलसीएफआईको लोकल को–अर्डिनेटरको भूमिका समेत निर्वाह गरिसकेका छन् ।उनी स्वयं एफडीआई ग्रयाजुयट हुन् ।
आफू गभर्नर भएपछि डिष्ट्रिक्टका कार्यक्रमहरू काठमाडौँदेखि महेन्द्रनगर, नेपालगञ्ज र वीरगञ्जसम्म बिस्तार गरेका थिए । लायन्स क्लबको केन्द्रीकृत कार्यक्रमलाई विकेन्द्रिकृत गर्ने कार्यमा उनको ठूलो योगदान छ ।आफ्नो गभर्नरको कार्यकालमा डिष्ट्रिक्ट ३२५ बी को भवन निर्माण अभियान सुरु गरी निर्माण सम्पन्न गरेर हस्तान्तरण समेत गरेका लम्सालले आफूले लिएको जिम्मेवारी सफलताको साथ सम्पन्न गर्दै आएका छन् ।
विदेश भ्रमण
नेपालका अधिकांश जिल्ला पुगेर सामाजक सेवा समर्पित भएका लम्साले अमेरिका, फ्रान्स, सिंगापुर, जापान, हङकङ, मलेसिया, थाइलेण्ड, श्रीलंका, भारत, ट्युनिसिया, संयक्त अरब इमिरेटस्, चीन, मकाउ, दक्षिण कोरिया, अष्ट्रेलिया, लेवनान, इटली, जर्मनी, स्वीजरल्याण्ड, क्यानाडा र बंगलादेश लगायतका विभिन्न राष्ट्रको अध्ययन भ्रमण समेत गरेका छन् ।
लायन्समा आवद्वता
लम्सालको सिंगो परिवार नै लायनवादको यात्रामा छ । लम्सालकी जीवन संगीनी लायन इन्दु लम्साल सन् २०१९–२० मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि वानको डिष्ट्रिक्ट गभर्नर भएकी थिइन् । उनले सन् २०१०–११ मा आफू डिष्ट्रिक्ट गभर्नर हुँदा ६५ वटा नयाँ क्लब स्थापना गरेर त्यसबेला विश्व लायनवादको इतिहासमा नै नयाँ रेकर्ड कायम भएको छ ।
उनकी जीवनसंगीनी लायन इन्दु लम्सालले सन् २०१९/२० मा डिष्ट्रिक्ट ३२५ बि वान को डिष्ट्रिक्ट गभर्नर भएको बेला लायन्स अन्तर्राष्ट्रियले प्रदान गर्ने सर्वोच्च अवार्ड एम्बेसडर अफ गुडविल अवार्डबाट सम्मानित भएकी थिइन् । नेपाली लायनादको इतिहासमा पतिपत्नी दुवैजना डिष्ट्रिक्ट गभर्नर बन्ने पहिलो जोडीको इतिहास पनि निर्माण भएको छ ।