सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

रवि लामिछाने फेरि हिरासतमै बस्नुपर्ने

रवि लामिछाने फेरि हिरासतमै बस्नुपर्ने

  • खबर सेवा

  • आइतवार, पुस २८, २०८१

  • 54
    SHARES
रवि लामिछाने फेरि हिरासतमै बस्नुपर्ने

काठमाडौँ। रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमै राखिने भएको छ। उनलाई आज
जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ।

जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाइएको हो।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्।
आज बिहान लामिछाने आफै अदालत हाजिर भएका थिए।

लामिछानेले आफू अदालत हाजिर भएकोले परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए। उनका वकिलहरूले पनि वकिल वा परिवारको जिम्मामा छाड्न भनेका थिए।

तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएका हुन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology