सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

वन कार्यालयमा काठ कुहिएपछि पन्थीको टिप्पणी : प्रधानमन्त्रीको कुर्सीमा भगवान् राखे पनि सक्दैनन्

वन कार्यालयमा काठ कुहिएपछि पन्थीको टिप्पणी : प्रधानमन्त्रीको कुर्सीमा भगवान् राखे पनि सक्दैनन्

  • खबर सेवा

  • आइतवार, पुस २८, २०८१

  • 115
    SHARES
वन कार्यालयमा काठ कुहिएपछि पन्थीको टिप्पणी : प्रधानमन्त्रीको कुर्सीमा भगवान् राखे पनि सक्दैनन्

काठमाडौँ। वन कार्यालय परिसरमा राखिएको काठ ठेक्का नलागेको विषय अहिले चर्चामा छ। सुनसरीको धरान उपमहानगरपालिका- ८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिएपछि यो विषय चर्चा योग्य बनेको हो।

वनले काठ ठेक्का लगाउन लामो समयदेखि कुरेको तर ठेक्का नलाग्दा कुहिएको विषय समाचार तस्बिरसहित प्रकाशित भइरहेका छन्। यसलाई कतिपयले सम्बन्धित कार्यालयको लापरबाही भनिरहेका छन् भने कतिपयले कानुनी अभाव भएको टिप्पणी गरिरहेका छन्।

यस्तैमा, लामो समयदेखि प्रहरी सेवामा रहेर अवकाश भएका अधिवक्ता समेत रहेका गोविन्द पन्थीले विद्यमान कानुन र सोचका कारण काठ कुहिएको बताएका छन्। काठ कुहिएको समाचार सार्वजनिक गर्दै पन्थीले विद्यमान काुनन संशोधन नगरे भगवान् विष्णुलाई नै प्रधानमन्त्रीको कुर्सीमा राखे पनि यस्ता घटना घटिरहने बताएका छन्।

उनले भनेका छन्, ‘विद्यमान कानुन, कर्मचारीको हालको सुविधा र मनस्थिति एवं हाम्रो सामजको सोच यस्तै कायम रहँदा सम्म वर्तमान प्रधानमन्त्रीको कुर्सीमा हामीले मान्ने गरेका विष्णु भगवानलाई विराजमान गराए पनि उनले हार खाएर मैले सकिन भन्ने छन्। पन्थीले थपेका छन्, साच्चिकै विकास र परिवर्तन गर्ने हो भने सम्बन्धित निकायले घोत्लिएर सोचौँ र त्यसतर्फ पाइला चाल्न पहल लिऔँ। अन्यथा सबैले जागिर खाने, सरकार चलाउने , चलि नै हाल्छ चलेकै छ। लामो सत्ताको अनुभवमा आधारित।’

पन्थी ३ दशकभन्दा लामो समय प्रहरीमा सेवा गरेर भर्खरै अवकाशप्राप्त व्यक्ति हुन्। उनी हाल सरोकार केन्द्रका समेत अध्यक्ष हुन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology