सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

हेर्नुहोस् आजको दिनको भाग्यफल

हेर्नुहोस् आजको दिनको भाग्यफल

  • खबर सेवा

  • सोमवार, पुस २९, २०८१

  • 45
    SHARES
हेर्नुहोस् आजको दिनको भाग्यफल

आज सोमबार, २९ पुस २०८१ को राशिफल

मेष : शुभ समाचार सुन्नमा आउला। नयाँ कामको थालनी हुन सक्छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा बढी सफलता मिल्नेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नतिको वातावरण बन्नेछ। मुद्दा मामिलामा सफलता हात लाग्नेछ।

वृष : लाभहानि बराबर हुनेछ। अधिकार प्राप्तिका लागि निकै नै संघर्ष गर्नु पर्ला। घरायसी व्यवहारबाट टाढै बस्नु बेस हुन्छ। मेहनतीहरूका लागि दिन फलदायी नै छ। यात्रा भने सामान्य रहनेछ।

मिथुन : सामाजिक क्षेत्रमा हात अघि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम प्रसङ्गका लागि समय श्रेष्ठ छ। सेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट राम्रै फाइदा मिल्ला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

कर्कट : आफन्तको प्रगतिमा मन रमाउनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। मुद्दा मामिलामा विजय प्राप्त हुनेछ। सेयर बजारबाट राम्रै फाइदा मिल्ला।

सिंह : साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम सम्बन्ध उचाइमा पुग्नेछ। सेयर बजार र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट राम्रै फाइदा मिल्नेछ।

कन्या : आयव्यय बराबरी हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्ला। विचार गरेर बोल्नु र निर्णय लिनु उचित हुन्छ। साँझमा भने लाभदायक यात्रा हुन सक्छ।

तुला : स्थान परिवर्तन हुन सक्छ। दानपुण्यका कार्यमा सहभागी भइनेछ। शुभकार्यमा सहभागिता जनाइनेछ। सजिलै अरूको विश्वास जित्न सकिएला। आकस्मिक धनलाभ हुनेछ। परिवारसँग रमाइलो भेटघाट होला।

वृश्चिक : रोकिएको काम फत्ते हुनेछ। रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ। नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

धनु : आफन्तसँग रमाइलो भेटघाट हुनेछ। राजनीतिक कार्यमा सफलता मिल्ला। धार्मिक कार्यमा रुचि बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

मकर : आहारविहारमा सावधानी अपनाउनु पर्नेछ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला। सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला। साँझमा साथीभाइको साथ सहयोग मिल्दा मन प्रसन्न रहनेछ।

कुम्भ : भाग्यले विभिन्न अवसर जुराउनेछ। प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ। स्वास्थ्यमा सुधार आउला। धनार्जनका नयाँ योजना बन्नेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ।

मीन : पारिवारिक सहयोग र सद्भाव बढ्नेछ। काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। नोकरीबाट मानसम्मान मिल्नेछ। रोकिएको धनमाल हात पर्न सक्छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology