सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

काठमाडौँ अदालतमा हुँदैछ रविलाई थुन्ने कि छाड्ने बहस

काठमाडौँ अदालतमा हुँदैछ रविलाई थुन्ने कि छाड्ने बहस

  • खबर सेवा

  • सोमवार, पुस २९, २०८१

  • 52
    SHARES
काठमाडौँ अदालतमा हुँदैछ रविलाई थुन्ने कि छाड्ने बहस

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुन्ने कि छाड्ने बहस जिल्ला अदालत काठमाडौँमा आजदेखि हुँदैछ। यसलाई अदालती भाषामा थुनछेक बहस भनिन्छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको प्रतिवाद गर्न लामिछाने आइतबार बिहानै जिल्ला अदालत पुगेका थिए। त्यही दिन दिउँसो न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान सकिएको थियो।

तर समय अभाव भन्दै न्यायाधीश अधिकारीले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिए। हाल लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्।
अब आज थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology