सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

रहेनन् फोटोका सोखिन चुङ्बा शेर्पा

रहेनन् फोटोका सोखिन चुङ्बा शेर्पा

  • खबर सेवा

  • सोमवार, पुस २९, २०८१

  • 46
    SHARES
रहेनन् फोटोका सोखिन चुङ्बा शेर्पा

काठमाडौँ। हिमाल हिमाल फोटो खिच्न पुग्ने चुङ्बा शेर्पाको निधन भएको छ। फोटोका सौखिन चुङ्बा लामो यात्रा गरेर हिमालको फोटो खिचेर विश्वभर चर्चित थिए। उनको ६४ वर्षको उमेरमा आइतबार राति १२:१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१, लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका- १ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे।

उनका दुई छोरा र तीन छोरी छन्। लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भई राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापतिसमेत थिए। पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत थिए।

केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology