सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

रवि लामिछाने अब थप दुई दिन हिरासतमै बस्नुपर्ने

रवि लामिछाने अब थप दुई दिन हिरासतमै बस्नुपर्ने

  • खबर सेवा

  • सोमवार, पुस २९, २०८१

  • 49
    SHARES
रवि लामिछाने अब थप दुई दिन हिरासतमै बस्नुपर्ने

काठमाडौँ। रवि लामिछाने अब दुई हिरासतमै बस्नुपर्ने भएको छ। काठमाडौँ जिल्ला अदालतमा आज लामिछानेको थुनछेक बहस नसकिएपछि बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ। आज बहस नसकिएको भन्दै न्यायाधीशले मुद्दा हेर्दाहेर्दैमा राखेका छन्।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको छ। मंगलबार माघे संक्रान्ति बिदा भएकाले बुधबार मात्रै अदालत खुल्नेछ। अब पर्सि बुधबार अदालतमा उपस्थित गराउन प्रहरीलाई भनेको छ।

उनलाई आइतबार पनि काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो। काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ।

सोमबार सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकिएको छ। मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा परेकाले रवि पक्षका कानुन व्यवसायीले अब पर्सि बहस गर्नेछन्। उनीहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology