सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका ५ मध्ये ४ अध्यादेश राष्ट्रपतिबाट प्रमाणित

मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका ५ मध्ये ४ अध्यादेश राष्ट्रपतिबाट प्रमाणित

  • खबर सेवा

  • सोमवार, पुस २९, २०८१

  • 38
    SHARES
मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका ५ मध्ये ४ अध्यादेश राष्ट्रपतिबाट प्रमाणित

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा विधेयक जारी गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

भूमिसम्बन्धी भने आज जारी भएन। मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपतिबाट जारी अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएपछि कानुनको रूप लिन्छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology