सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

१५ वर्षीय बालकलाई अपहरण बन्धक बनाएपछि …

१५ वर्षीय बालकलाई अपहरण बन्धक बनाएपछि …

  • खबर सेवा

  • मङ्लबार, माघ १, २०८१

  • 60
    SHARES

सर्लाही। सर्लाहीमा एक १५ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ब्रम्हपुरी गाउँपालिका–४ बस्ने ६८ वर्षीय रामजी साह, सोही ठाउँ बस्ने १९ वर्षीय विक्रम पासवान र भारत बिहार राज्य सितामडी राजबाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेका छन् ।

भारतीय बालकलाई अपहरण गरी बन्धक बनाई राखेको भन्ने सूचना पाएपछि प्रहरी टोली खटिएको थियो । प्रहरीले ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साह बस्ने गरेको घरको कोठामा बन्धक बनाई राखेका अवस्थामा ती बालकलाई सकुशल उद्धार गर्न सफल भएको छ ।

अपहरणकारीबाट प्रहरीले एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने गोली २ राउण्ड, मोबाइल १ थान, चक्कु १ थान, हथौडा १ थान र बीआर ०६ बीटी २८५० नम्बरको मोटरसाइकल बरामद गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology