सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

आजको भाग्यफल

आजको भाग्यफल

  • खबर सेवा

  • बुधबार, माघ २, २०८१

  • 51
    SHARES
आजको भाग्यफल

आज बुधबार, २ माघ। हेर्नुस् आजको राशिफल

मेष : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सुन्दरतामा धन खर्च हुनेछ। एकोहोरो मायाले सताउनेछ। कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुने सम्भावना छ। स्वास्थ्यप्रति सजग रहनुहोला, अन्यथा धन खर्च हुनेछ।

वृष : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रमणीय, सुखद, धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। अतिथिको रूपमा सत्कार पाइएला।

मिथुन : अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। परिवारका सदस्यसँग भेटघाट हुनेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। आकस्मिक धनलाभ हुन सक्छ।

कर्कट : चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। व्यापार-व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्।

सिंह : यात्रामा बिघ्नबाधा आइलाग्न सक्छ। आहारविहारप्रति विशेष ध्यान दिन आवश्यक छ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। साँझमा लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन।

कन्या : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइएला। रमणीय र सुखद यात्राको योग छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। आफन्त, प्रेमी वा बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ।

तुला : विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइन्छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। प्रेम जीवन सफल र सुखद रहने देखिन्छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।

वृश्चिक : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ। चिताएको कामले तीव्रता लिनेछ। पेसा(व्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ।

धनु : यात्रामा पैसा खर्च हुने योग छ। मालसामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। चोटपटकको भय छ सचेत रहनुहोला। प्यारो साथीसँग भने मन खिन्न रहनेछ। त्यसैले प्रेमीको विचारलाई कदर गर्नु उचित हुनेछ।

मकर : यात्राको योग छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। कसैकसैलाई सन्तान लाभ हुन सक्छ। मनोरञ्जनमा सहभागी भइएला। सेयर बजारमा गरेको लगानीले पछि राम्रै लाभ दिनेछ।

कुम्भ : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवले सहयोग गर्नेछन्। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। रमाइलो यात्राको योग छ। विचार गरेर निर्णय लिनु उचित हुनेछ। साँझमा रमाइलो यात्राको सम्भावना छ।

मीन : अधुरा काम फत्ते हुनेछन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology