
काठमाडौँ। आज भूकम्प दिवस। आज विभिन्न कार्यक्रम गरेर भूकम्प यो दिवस मनाइँदैछ। आजको दिनको मौसम पनि सार्वजनिक भएको छ। हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही भूभागमा हुस्सु रकुहिरो लागेको अवस्था छ।
बुधबार दिउँसो पनि देशभर मौसम आंशिक बदलीदखि मुख्यतया सफा रहने पूर्वानुमान महाशाखाको छ। बुधबार राति भने लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। राति नै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।