सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

थप क्षति नहोस् भन्ने प्रतिबद्धता

क्यालिफोर्नियामा डढेलोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरोकार केन्द्रले गर्‍यो काठमाडौँमा दीपप्रज्वलन

क्यालिफोर्नियामा डढेलोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरोकार केन्द्रले गर्‍यो काठमाडौँमा दीपप्रज्वलन

  • खबर सेवा

  • बुधबार, माघ २, २०८१

  • 158
    SHARES
क्यालिफोर्नियामा डढेलोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरोकार केन्द्रले गर्‍यो काठमाडौँमा दीपप्रज्वलन

काठमाडौँ। अमेरिकामा डढेलोले धनजनले क्षति पुर्‍याएको प्रति दुःख मान्दै थप क्षति नहोस् भन्ने कामनासहित काठमाडौँको रत्नपार्क शान्तिबाटिकामा दीपप्रज्वलन गरिएको छ। काठमाडौँको क्यालिफोर्निया राज्यको लसयन्जलशमा डढेलोबाट यतिबेला तहसनहस छ। डढेलाले अतिरिक्त क्षति नपुर्‍याओस् भन्ने कामनासहित सरोकार केन्द्रले दीपप्रज्वलन गरेको हो।

केन्द्रका अध्यक्ष गोविन्द पन्थीको अध्यक्षतामा भएको उक्त कार्यक्रम को प्रमुख अतिथि सर्वोच्च अदालतका पुर्व रजिस्ट्रार नारायणप्रसाद पन्थी हुनुहुन्थ्यो। कार्यक्रम सन्चालन संस्थाका महासचिव जीवन शर्माले गर्नुभएको थियो। कार्यक्रममा डढेलोमा परी ज्यान गुमाउनेप्रति मौन धारण गरिएको थियो।

कार्यक्रममा अमेरिकाको ५० प्रान्तलाई इंगित गर्दै ५० दीपको ५० जना नै व्यक्तिबाट प्रज्वलित गरिएको थियो। कार्यक्रमका मुख्य अतिथि पन्थीले अमेरिकी जनताले डढेलोबाट ठूलो कष्ट ब्यहोर्नु परेकोमा दुख ब्यक्त गर्दै मृत्त आत्माको चिरशान्तिको कामना गर्नुभएको थियो।

उहाँले अमेरिकाजस्तो विकसित देशमा समेतमा ७ दिन सम्म डढेलो नियन्त्रणमा आउन नसक्नु अन्य मुलुकलाई गतिलो शिक्षा भएको बताउनुभएको थियो। उहाँले नेपालजस्ता विकासोन्मुख देशले पनि यसबाट पाठ सिकेर कार्ययोजना बनाउनुपर्ने बताउनुभयो। कार्यक्रमका विशेष अतिथि एवं कोरिया शैक्षिक परामर्श संघ नेपालका उपाध्यक्ष बिस्णु खडकाले अमेरिकी जनताले थप पीडा र क्षति ब्यहोर्न नपरोस् भनेर नेपालमा दीप प्रज्वलन गरिनुले यस संस्थाको साच्चिकै प्रशंसनीय कार्य रहेको बताउनुभयो।

उहाँले नेपाल प्रति अमेरिकी जनताको सकारात्मक सोच जागृत गराउने काम सरोकार केन्द्रले गरेको बताउनुभयो। सरोकार केन्द्रका अध्यक्ष पन्थी ले आफ्नो समापन मन्तब्य दिँदै अमेरिका र नेपाल भूगोलका हिसावले दुई देश रहे तापनि मानव जाति , जनावर र वन्यजन्तुका आधारमा समान रहेको बताउनुभयो। उहाँले अहिले त्यहाँ डढेलोमा परि मृत्युवरण गर्दाको पीडा नेपालीलाई पनि समान हैसियतले पर्ने जानकारी दिनुभयो।

सोही कार्यक्रममा कोरिया शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष गणेश शर्मा लगायत उपस्थित हुनु भएको थियो। कार्यक्रम बेलुका ६ बजे सुरु भएर एक घण्टासम्म चलेको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology