सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

रविको मुद्दामा आज पनि बहस हुने

रविको मुद्दामा आज पनि बहस हुने

  • खबर सेवा

  • बुधबार, माघ २, २०८१

  • 42
    SHARES
रविको मुद्दामा आज पनि बहस हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज (बुधबार) पनि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

सोमबार अदालतमा जाहेरवाला र सरकारी वकिलको बहस सकिएको थियो । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने बहस हुन पाएन । मंगलबार सार्वजनिक बिदा भएकाले बहस हुन सकेन । यसर्थ सोमबारको बहसलाई आज निरन्तरता दिन लागिएको हो ।

प्रतिवादी तर्फका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । सोमबार पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई न्यायिक हिरासतमा फर्काइएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology