सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

रवि लामिछाने बैंक धरौटी राखेर आजै रिहा हुने

रवि लामिछाने बैंक धरौटी राखेर आजै रिहा हुने

अन्य जिल्ला जान आदेशमा भनेको छैन, जाने तयारी छैन : रास्वपा

  • खबर सेवा

  • बुधबार, माघ २, २०८१

  • 51
    SHARES
रवि लामिछाने बैंक धरौटी राखेर आजै रिहा हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछाने आज (बुधबार) नै रिहा हुने तयारी गरेका छन्। काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी बैंक धरौटी राखेर छुट्ने तयारीमा लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्रोतले जनाएको छ।

‘आजै छुट्नुहुन्छ। तयारी भइरहेको छ।’ रास्वपा स्रोतले भन्यो, ‘अन्य जिल्लामा जान पर्ने हो वा होइन। थाहा छैन। आदेशमा भनेको छैन।’

यसअघि कास्की जिल्ला अदालतले पनि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। कास्कीबाट रिहा पएसँगै उनी काठमाडौँ अदालत पुगेका थिए। अब उनीविरुद्ध पर्सा, चितवन र बुटवलमा पनि रिट दायर भएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology