
काठमाडौं। एन्फा महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपीएफ फुटबल क्लबले बागमती युवा क्लवविरुद्ध सहज जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपीएफले बागमतीलाई ६-० ले हरायो। एपीएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो।
४२औं मिनेटमा रश्मिको गोलबाट एपीएफले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा रश्मिले गोल गरिन्। ५४औं मिनेटमा बागमतीकी सेमी हाङमा लिम्बुको आत्मघाती गोल गर्दा एपीएफको अग्रता ३-० भयो।
५५ औं मिनेटमा सुरुले र ८७औं मिनेटमा प्रीतिले गोल गरिन्। इन्ज्युरी समयमा सरुले व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफले लगातार पाँचौं जित निकाल्यो।शीर्ष स्थानको एपीएफको ५ खेलमा १५ अंक छ। शीर्ष स्थानमा रहेको छ। पाँचौं खेलमा चौथो हार बेहोरेको बागमतीको ३ अंक छ।