सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार, कस्तो छ अहिले अवस्था?

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार, कस्तो छ अहिले अवस्था?

  • खबर सेवा

  • शुक्रबार, माघ ४, २०८१

  • 47
    SHARES
बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार, कस्तो छ अहिले अवस्था?

काठमाडौँ । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ। बिहीबार बिहान करिब २ः ३० बजे मुम्बईको खारमा रहेको उनको घरमा चक्कु प्रहार भएको छ । सैफको घाँटी, ढाड, हात र टाउकोमा चक्कु प्रहार भएको हो।

सैफलाई बिहान ३ः ३० बजे लीलावती अस्पताल ल्याइएको थियो । जहाँ उनको शल्यक्रिया गरिएको थियो । लीलावती अस्पतालका सीओओ डा।नीरज उत्तमानी सैफलाई ६ पटक छुरा प्रहार गरिएको बताएका छन्। तीमध्ये दुईवटा घाउ गहिरो छन् ।

मेरुदण्ड नजिकै पनि घाउ छ। डाक्टर लीना र डाक्टर नितिन डांगेले सैफको उपचार गरिरहेका छसैफको टोलीको आधिकारिक बयानमा उनको घरमा चोरीको प्रयास गरिएको भनिएको छ । आक्रमणमा सैफको घरकी एक कामदार पनि घाइते भएकी छन् । यता प्रहरीका डीसीपी दीक्षित गेडामले सैफको फर्च्युन हाइट्स खार स्थित घरमा राति एक व्यक्ति सैफको घरमा पसे र उनको कामदारसँग झगडा गरे । जब अभिनेताले ती व्यक्तिलाई रोक्ने प्रयास गरे, उनले सैफलाई आक्रमण गरे र उनी घाइते भए।

आक्रमणको समयमा परिवारका अन्य सदस्यहरू कहाँ थिए भन्ने जानकारी हालसम्म उपलब्ध छैन। करिश्मा कपूरले ९ घण्टाअघि इन्स्टाग्राम स्टोरीमा पोस्ट सेयर गरेकी थिइन् । डीसीपी गेडामले यस घटनामा अनुसन्धान भइरहेको बताए । अहिलेसम्म कोही पक्राउ परेका छैनन् । आक्रमणकारी को थिए भन्ने खुल्न सकेको छैन।

मिडिया रिपोर्टका अनुसार मुम्बई पुलिसले सैफको घरबाट तीन जनालाई सोधपुछका लागि पुलिस स्टेसन लगेको छ। यसैबिच मुम्बई क्राइम ब्रान्चको टोली पनि यस विषयमा अनुसन्धान गर्न सैफको घर पुगेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology