
काठमाडौं। सुनको भाउ बढ्ने क्रमले निरन्तरता पाइरहेको छ । नेपाली बजारमा सुनको भाउ आज शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ हजार ३ सयले बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।