सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय

  • खबर सेवा

  • शुक्रबार, माघ ४, २०८१

  • 58
    SHARES
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय

पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ।

न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, ‘अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खानदोषी ठहरिएका छन्।’ खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ । भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो।

उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ। खान सन् २०२३ को अगष्टदेखि जेलमा छन् र उनीमाथि करिब २०० वटा मुद्दा लगाइएका छन्। ती मुद्दा उनलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology