सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

  • खबर सेवा

  • शुक्रबार, माघ ४, २०८१

  • 56
    SHARES
दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

काठमाडौँ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–१ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

पक्राउ परेका केसीमाथि ज्यानमार्ने उद्योग कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरबारबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने अन्य व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीको भनाइ छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology